२०८२ फागुन ५, मंगलबार
नयाँ
पछिला अपडेट

हुप्सेकोटमा तस्करको आक्रमणबाट नगर प्रहरी सख्त घाइते

२०८० भाद्र १९, मंगलबार प्रकाशित ( साल अघि) १९५५ पाठक संख्या

नारायण शर्मा

पूर्वी नवलपरासी । हुप्सेकोट गाउँपालिकाको खोलामा ड्युटीमा गएकी नगरप्रहरीलाई तस्करहरूको समूहले ढुंगा प्रहार गरेर सख्त घाइते बनाएका छन् ।

हुप्सेकोटका प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरेका अनुसार खोलामा अवैध ढुंगा गिटी चोरी भइरहेको भन्ने सूचनाका आधारमा गिरुबारी खोलामा ड्युटीमा खटिएकी नगर प्रहरी जवान यममाया मल्ललाई तस्करहरूले ढुंगाले हानेर घाइते बनाएका हुन् ।

उनको भरतपुरस्थित मेडिकल कलेजमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ । ‘टाउकोमा गम्भीर चोट भएकाले काठमाडौं पठाइयो,’ घिमिरेले भने, ‘आक्रमणकारीको खोजी भइरहेको छ । यममाया मल्ल पालिकाले नियुक्त गरेकी नगर प्रहरी जवान हुन् । आक्रमणबारे तत्काल जिल्ला प्रहरीलाई खबर गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%५%५%७%१०%

प्रतिक्रिया दिनुहोस