२०८२ बैशाख ३०, मंगलबार
नयाँ
पछिला अपडेट

नागरिकता ऐनको कार्यन्वयनको अवस्था बारे सञ्चारकर्मीहरूसँग छलफल

२०८० श्रावण २५, बिहिबार प्रकाशित ( साल अघि) ६५३ पाठक संख्या

काठमाडौं । नागरिकता ऐनको कार्यन्वयनको अवस्था बारे सञ्चारकर्मीहरूसँग छलफल गरिएको छ । मिडिया एडभोकेसी ग्रुप तथा महिला कानून र विकास मञ्चले संयुक्त रुपमा काठमाण्डौमा गरेको कार्यक्रममा सञ्चारकर्मीहरूसँग नागरिकता ऐन आएपछिका अवस्थाबारे छलफल गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले नागरिकता सम्बन्धी नियमावली चाडै मन्त्री परिषदमा पेश गर्ने जानकारी दिदै, नियमावली आएपश्चात नागरिकता प्राप्तिमा कुनै समस्या नदेखिने र कोही नेपाली अनागरिक भएर बस्नु पर्ने अवस्था नहुने बताउनु भयो ।

अङ्गीकृत नागरिकता वितरणमा केही सरलीकृत गरिएको पहिला निस्साको आवश्यकता पथ्र्यो भने अहिले स्वघोषणा गरे मात्रै पुग्ने व्यवस्था गरिएको मन्त्री श्रेष्ठले बताउनु भयो ।

नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेमा उनका सन्तानले वंशजका आधारमा नागरिक हुन पाउने व्यवस्था संविधानमा नभएकोले अव आउने नागरिकता सम्बन्धी नियमावलीमा त्यो कुराको अपेक्षा गर्न नसकिने जानकारी दिनुभयो ।

कार्यक्रममा महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले, नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको ऐनमा नागरिकता प्राप्त गर्न सकिने विभिन्न प्रावधानहरूको बारेमा जानकारी दिनुभयो ।

कार्यक्रममा गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले, बालगृहले बालबालिका राख्दा मुचुल्का र बालबालिकाहरूको पूर्ण अभिलेख राख्न अनुरोध गर्नुभयो ।

यसैगरी गृहमन्त्रालयका उपसचिव कृष्ण बहादुर कटवालले, नागरिकता नागरिकको अधिकार र राज्यको दायित्व सृजना गर्ने भएकोले नागरिकता प्राप्तिमा कँही कतैबाट मानवीय आचरणका कारण रोकावट नहुने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस