कावासोती । नेपाली कांग्रेस निकट नेविसंघको केन्द्रीय तदर्थ समितिमा नवलपुरबाट १३ सदस्यहरू मनोनीत भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार नवलपुरका १३ जनालाई कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् ।
नवलपुरबाट मनोनित हुनेहरुमा विजय महतो, विष्णु सापकोटा, खेमराज कंडेल, कृष्ण कंडेल, सुशील काफ्ले, बिवेक न्यौपाने, अनुकुल रेग्मी, सतिस न्यौपाने, विवश पौडेल, कला पन्त , रमेश कोइराला, किसन गैरे र चेतराज कंडेल रहेका छन् ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै दुजाङ शेर्पाको अध्यक्षतामा गठित तदर्थ समितिमा ती सदस्यको मनोनयन गरिएको हो ।

