नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर १७ ढोकिमा रहेको साना किसान कृषि सहकारी संस्था लिको भवनमा रहेको एग्रोभेटमा आगोलागि हुँदा करिब २० लाख बराबरको क्षती भएको छ ।
विहान करिब साढे ५ बजे विद्युत सर्ट भइ आगोलागि हुदाँ विउ विजन, औषधि, फर्निचर, १ वडा कम्प्युटर लगायत गरि करिब २० लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । आगो स्थानीय, दमकल र प्रहरीको सहयोगमा ७ बजे नियन्त्रणमा आएको थियो ।

