२०८३ अषाढ ८, सोमबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

२०८० अषाढ ६, बुधबार प्रकाशित ( साल अघि) २६७९ पाठक संख्या

नवलपरासी । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका १० नदवाका ४० वर्षीय विनोद कँहार छन्।

मंगलबार खेतमा काम गरिरहेको अवस्थामा उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।

चट्याङ लागी घाइते भएका उनलाई उपचारका लागि रुपन्देहीको भैरहवास्थित सिटी अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताए।

कँहार पाल्पाको पुर्वखोला गाउँपालिका ५ विरकोटस्थित विरकोट आर्युवेर्दिक औषधालयको कविराज निरीक्षक पदमा कार्यरत थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%१%२%१७%१%

प्रतिक्रिया दिनुहोस