२०८१ बैशाख १८, मंगलबार
नयाँ
पछिला अपडेट

नारायणीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव भेटियो

२०८० जेष्ठ १६, मंगलबार प्रकाशित ( महिना अघि) २८४० पाठक संख्या

कावासोती । नारायणी नदीमा खेल्ने क्रममा बेपत्ता १५ वर्षीय बालकको शव दुई दिनपछि भेटिएको छ ।

देवचुली नगरपालिका – १ केउरेनी घर भएका संयोग ढकाल सोमबार दिउँसो ३ :२० बजे साथीहरुसँग पौडी खेल्ने क्रममा केउरेनी घाटबाट बेपत्ता भएका थिए ।

प्रहरी, ससस्त्र प्रहरी, निकुञ्ज सुरक्षार्थ खटिएका कर्मचारी र स्थानीयहरुको खोजतलास पछि मंगलबार बिहान साढे ९ बजे नदीको तल्लो सतहमा झारमा जेलिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यलय रजहरका प्रमुख शेरबहादुर थापाले जानकारी दिनुभयो ।

शव पोष्टमार्टम प्रक्रिया सकिएपछि परिवारलाई जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%३१%

प्रतिक्रिया दिनुहोस