२०८२ जेष्ठ १, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भुस्याहा कुकुरको आतंक,६ जना घाइते

२०८० जेष्ठ ३, बुधबार प्रकाशित ( साल अघि) १६४९ पाठक संख्या

कावासोती । नवलपुरको देवचुली नगरपालिकामा अहिले भुस्याहा कुकुरका कारण आतंकित बन्न पुगेको छ ।

देवचुली नगरपालिकाका विभिन्न स्थानमा भुस्याहा कुकुरको नियन्त्रण हुन नसक्दा समस्या भएको छ । यस्तै देवचुली नगरपालिका वडा नं: १६ का विभिन्न स्थानमा भुस्याहा कुकुरको आक्रमणमा परि ६ जना घाइते छन् ।

देवचुली वडा नं १६ का वडाध्यक्ष केशव राज गौतमका अनुसार वडाका विभिन्न टोलमा भुस्याहा कुकुरको आतंकले त्रास फैलाएको बताए । कुकुरको टोकाइबाट घाइते भएका ६ जनालाई देवचुलीको केउरेनीमा रहेको नगर अस्पतालमा लगिएको र अवस्था जटिल भएपछि भरतपुर अस्पतालमा रिफर गरिएको जानकारी दिए ।

भुस्याहा कुकुरको टोकाइबाट प्रगति टोल बस्ने वर्ष ३५ की कमला पोखरेल,वर्ष ३ का जुवेर मिया, वर्ष ५० की बुध कुमारि ढुङ्गाना, सृजना टोल बस्ने वर्ष ४६ का मुनुर दिन मिया, १४ नं टोल बस्ने वर्ष ४० का नेत्र लामिछाने, मध्यविन्दु १५ भ्युरान बस्ने वर्ष ४० का चन्द्र मणि पाण्डे घाइते भएको वडा अध्यक्ष गौतमले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%६%१%

प्रतिक्रिया दिनुहोस