२०८२ फागुन ६, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बाघको आक्रमणबाट एकजना गम्भीर घाइते

२०८० जेष्ठ १, सोमबार प्रकाशित ( साल अघि) ५१११ पाठक संख्या

कावासोती । नवलपुरमा बाघको आक्रमणबाट एकजना वनपाले गम्भीर घाइते भएका छन् ।

विनयीत्रिवेणी गाउँपालिका–४ मा बाघको आक्रमणबाट वन हेरालु घाइते भएका हुन् ।

मणिमुकुन्द सामुदायिक वनका हेरालु ( वन रक्षक) ४० वर्षका योगबहादुर पल्लीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले बताए । वन रक्षकलाई वन क्षेत्रमा नै बाघले आक्रमण गरेको हो ।

घाइते पल्लीलाई मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारको लागि ल्याएको भए पनि थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१२%१%४%१%४१%३%

प्रतिक्रिया दिनुहोस