२०८२ जेष्ठ २, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुर जिल्ला प्रशासन कार्यालयमा ‘टाइम कार्ड’ लागू

२०७९ चैत्र २५, शनिबार प्रकाशित ( साल अघि) १८८९ पाठक संख्या

कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपुरले सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गरेको छ । सेवा लिन आएका सेवाग्राहीले लामो समय कुर्नु नपरोस् भनेर टाइम कार्ड लागू गरिएको हो।

जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार कार्यालयबाट दिइने सबै सेवामा सेवाग्राहीलाई ‘टाइम कार्ड’ को व्यवस्था गरिएको छ ।लम्सालका अनुसार राष्ट्रिय परिचय पत्र, राहदानी, नागरिकता र प्रतिलिपि शाखा, मुद्दा शाखा लगायतका शाखामा ‘टाइम कार्ड’ लागू गरिएको हो ।

सेवाग्राहीलाई सहज बनाउनका लागि कार्यालय परिसरमा ‘हेल्प डेस्क’ राखिएको छ। जहाँबाट आवश्यक कागजपत्र पूरा भए नभएको हेरेर सेवाग्राहीलाई सेवाका लागि पठाइने गरिन्छ। कागजपत्र पूरा भएका सेवाग्राहीलाई मात्र ‘टाइम कार्ड’ दिइनेछ।

आवश्यक कागजात पुगेको अवस्थामा १ घण्टाभित्र नागरिकता, नाबालकको प्रमाणपत्र १ घण्टामा र राष्ट्रिय परिचयपत्रका लागि पनि १ घण्टाभित्र कार्य सक्ने व्यवस्था गरेको जिल्ला प्रशासन कार्यालय नवलपुरले जनाएको छ ।

सिफारिस सम्बन्धी काम १ घण्टाभित्र दिने गरी समय निर्धारण गरिएको छ । मुद्दाको पेशी र तारेख ३० मिनेट भित्र सक्ने नीति लागु गरिएको छ ।

त्यस्तै ६५ वर्षामाथिका ज्येष्ठ नागरिक, अशक्त नागरिक र दुधे बच्चा सहितको महिलालाई लाइनमा नराख्ने निर्णय गरिएको छ । ७५ वर्षमाथिका नागरिकलाई सहयोगी लगाएर सेवा दिन सुरु गरिएको छ ।

“राष्ट्रिय परिचयपत्रका लागि प्रतिघण्टा १२ जना, राहदानीमा र नागरिकता एवं प्रतिलिपी सेवाग्राहीको कागजपत्रका आधारमा एक घण्टाभित्र उपलब्ध गराउने गरी ‘टाइम कार्ड’ दिइएको प्रशासन कार्यलय जनाएको छ । कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरूले टाइम कार्ड लागू भएपछि तोकिएको समयमा सेवा पाएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१६%६%४%३%

प्रतिक्रिया दिनुहोस