२०८३ अषाढ ९, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा लागुऔषध सहित तीन जना पक्राउ

२०७९ चैत्र ९, बिहिबार प्रकाशित ( साल अघि) १०३० पाठक संख्या

कावासोती । नवलपुरमा लागुऔषध सहित तीन जना पक्राउ परेका छन्। कावासोती नगरपालिका- १६ चालिस किलो जंगल स्थित सडकमा सवारी साधन चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.७ ख २७४१ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरी टोलीले तीन जनालाई लागुऔषध सहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार प्रतिबन्धित लागुऔषध सहित पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका- ३१ बस्ने ३० वर्षीय बिकास गुरुङ सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट डाईजेपाम ४३ एम्पुल, नुर्फिन ४३ एम्पुल र फेनारगन ४३ एम्पुल गरी जम्मा– १२९ एम्पुल फेला पारेको थियो।

पक्राउ परेका तीन जनलाई जिल्ला अदालत नवलपुरबाट ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस