२०८३ अषाढ ५, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज र भोली निःशुल्क छालारोग सम्बन्धी शिविर

२०७९ चैत्र ७, मंगलबार प्रकाशित ( साल अघि) १०४९ पाठक संख्या

कावासोती । जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न नगरपालिकालाई मध्यनजर गरी आज र भोलि दुईदिन निःशुल्क छालारोग सम्बन्धी स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको आयोजना तथा देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकाको समन्वयमा आज चैत्र ६ र ७ गते शिविर हुन लागेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो।

आज चैत्र ७ गते नयाँ बेलहानी स्वास्थ्य चौकी अरूणखोलामामा निस्शुल्क छालारोग सम्बन्धी शिविर संचालन हुँदैछ।

त्यस्तै चैत्र ८ गते दुम्कौली नगर अस्पताल केउरेनीमा आईएनएफ नेपाल तथा हरियोखर्क अस्पताल पोखराको छालारोग सम्बन्धी बिशेषज्ञ सहितको टोली आउने भएको छ।

छालारोग सम्बन्धी समस्या भएका सबै जिल्लाबासी सम्पूर्णमा दुईदिने निस्शुल्क छालारोग सम्बन्धी शिविरबाट फाईदा उठाउनुहुन चापागाईले आग्रह गर्नुभयो।

शिविरमा बिशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परिक्षण निःशुल्क औषधी वितरण प्रयोगशाला सेवा सहित विशेषज्ञ स्वास्थ्य शिबिर सञ्चालन गरिने कार्यक्रम रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस