२०८२ श्रावण ३, शनिबार
नयाँ
पछिला अपडेट

अत्यधिक रक्तस्रावका कारण १७ वर्षीया सुत्केरीको मृत्यु

२०७९ फागुन २६, शुक्रबार प्रकाशित ( साल अघि) ५३६ पाठक संख्या

अत्यधिक रक्तस्रावका कारण बाजुरामा १७ वर्षीया सुत्केरीको मृत्यु भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर २ बजेडीकी १७ वर्षीया सुत्केरी लक्ष्मी लुहारको थप उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुई शिशु जन्माएकी लक्ष्मीको स्वास्थ्यमा समस्या देखिएपछि अछामको बयलपाटा अस्पतालमा लिँदै गर्दा बाटोमा मृत्यु भएको नगर स्वास्थ्य संयोजक दीपक बहादुर शाहले जानकारी दिए ।

उनका अनुसार घरमै एक छोरी जन्माएकी लक्ष्मीको स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले बिहीबार दिउँसो बह्रमतोला स्वास्थ्य चौकी पुर्‍याएका थिए। उनले अस्पतालमा अर्की छोरीलाई जन्म दिइन्। तर, उक्त शिशुको मृत्यु भयो । त्यो बेला सम्म उनी अचेत भइसकेकी थिइन् ।
अत्यधिक रक्तस्राव पछि स्वास्थ्य केन्द्रले बयलपाटा अस्पताल रिफर गरेको थिए। उनलाई अस्पताल पुराउनु अघि नै बाटोमै मृत्यु भएको शाहले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%

प्रतिक्रिया दिनुहोस