२०८३ जेष्ठ १२, मंगलबार
नयाँ
पछिला अपडेट

नारायणी पुलमा ‘स्मार्ट’ बत्ती, सफ्टवेयरबाटै बत्ती बाल्न र निभाउन सकिने

२०७९ फागुन १९, शुक्रबार प्रकाशित ( साल अघि) १८३६ पाठक संख्या

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन र नवलपुर जोड्ने नारायणी पुलमा ‘स्मार्ट’ सडक बत्ती जडान गरिएको छ । गएको जेठमा आएको हावाहुरीले पुलमाथिका विजुलीका पोल भाँचिएका थिए ।

नेपाल विद्युत प्राधिकरणले नारायणी पुलमा जडान गरेको स्मार्ट सडक बत्तीको बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् ।

उनले कम्प्युटरमार्फत स्वीच अन गरेर सडक बत्ती उद्घाटन गरेकी हुन् । यी सडक बत्ती सफ्टवेयरमार्फत बाल्न र निभाउन सकिने प्राधिकरणले जनाएको छ ।

करिब ५ सय मिटर लामो पुलमा ११ वटा स्मार्ट बत्ती जडान भएको नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाले जनाएको छ । प्राधिकरणको केन्द्रीय कार्यालयबाट सडक बत्ती जडानको काम भएको भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिए ।

नारायणी पुलमा केन्द्रबाट स्मार्ट बत्ती राख्ने काम भएको हो । अहिले इन्स्टलेशन फेज छ । पछि हस्तान्तरण भएपछि भरतपुरबाटै सफ्टवेयरमार्फत बाल्न र निभाउन सकिन्छ’, उनले भने ।

भरतपुर महानगरपालिकाको ‘उज्यालो भरतपुर’ कार्यक्रम अन्तर्गत विद्युत प्राधिकरणले भरतपुरका विभिन्न सडकमा ‘स्मार्ट लाईट’ जडान गर्ने काम गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१२%७%

प्रतिक्रिया दिनुहोस