२०८२ पौष २९, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोतीको जंगलमा बस दुर्घटना ७ जना घाइते

२०७९ फागुन १४, आईतबार प्रकाशित ( साल अघि) २५०६ पाठक संख्या

कावासोती ।  नवलपुरको  कावासोती १६ चालिसकिलो जंगलमा बस पल्टिदा ७ जना यात्रु घाईते भएका छन् ।

गएराति बुटवलबाट काँकरभिट्टा तर्फ जादै गरेको लु.१ ख.८५९२ नंम्बर को बसको दाहिने साईड तर्फको पट्टा भाँचिदा बाटो देखि करिव ४ फिट दक्षिण तर्फ पल्टिन जाँदा बसमा सवार ३९ जना यात्रु मध्य ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी सन्तोष पाठकले बताउनुभयो ।

घाईतहरु मध्य सप्तरी राजविराज न.पा.वडा नं: २ वस्ने वर्ष २५ वर्षका शैलेन्द्र कुमार दास ,ईलाम दमई न.पा.६ वस्ने वर्ष २५ वर्षका गोपाल भट्टराईलाई पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ ।

त्यसैगरी रुपन्देही तिलोत्तमा न.पा.७ भलवारी वस्ने वर्ष ५४ वर्षकी फुलमाया खड्का,सुनसरी हरिनगर गा.पा.४ वस्ने वर्ष ३० का दिपेन पाल, ईटहरी उपमहानगरपालिका १३ वस्ने वर्ष २३ का प्रविण कुमार चौधरी, कोशी गा.पा.२ वस्ने वर्ष २३ का सन्तोष साहु, गढी गा.पा.वडा नं: ५ वस्ने वर्ष ३० का दिनेश यादव र कोशी गा.पा.३ वस्ने वर्ष ३० को राजेश कुमार यादवको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भई रहेको सुचना अधिकारी पाठकले बताउनुभयो ।

बस चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको र अन्य यात्रुहरुलाई सम्बनधित गन्तब्य स्थानतर्फ पठाइएको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१७%५%

प्रतिक्रिया दिनुहोस