चितवन । चितवनको भरतपुरका केही क्षत्रमा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुरका अनुसार फागुन २ गते विहान ११ बजेदेखि ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।
नेपाल बिधुत प्राधिकरण भरतपुर बितरण केन्द्र को भरतपुर सबस्टेसन (१३२÷३३÷११० केभि) बाट बिधुत आपूर्ति हुने क्षेत्रहरुमा भोलि विजुली नआउने भएको हो ।
२२.५ एम भि ए पावर ट्रान्सर्फमर को एल टि केबल बदलीको काम हुने भएको सो बाट सप्लाई हुने हस्पिटल , औद्योगिक २ , भृकुटी , नारायणगढ तथा कोकाकोला फिडर को लाईन अबरुद्ध हुनेछ। प्राबिधिक रुपले सम्भब भए सम्म बस कप्लर बाट सप्लाई दिईने नेपाल बिधुत प्राधिकरण भरतपुर बितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।