२०८२ फागुन २३, शनिबार
नयाँ
पछिला अपडेट

बिहीबारदेखि बुटवल क्षेत्रमा विद्युत् सेवा रोकिने

२०७९ माघ २५, बुधबार प्रकाशित ( साल अघि) ६८२ पाठक संख्या

बुटवल क्षेत्रमा भोलिदेखि एक हप्ता नियमित विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाले सार्वजनिक सूचना निकालेर भोलिदेखि एक सातासम्म बत्ती जाने जानकारी दिएको छ ।

कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासीको सुनवल नगरपालिका १३ बडेरास्थित न्यू बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसीटी १६ को पावर इरेक्सन कार्य गर्नका लागि माघ २५ गतेदेखि फागुन ३ गतेसम्म प्रत्येक दिन बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म बुटवल–बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन सट डाउन हुने महाशाखाले जनाएको छ।

सट डाउन हुँदा बुटवल ग्रिड महाशाखा अन्तर्गत रहेका सुनवल, बुटवल तथा मैनिहवा सबस्टेसनहरूबाट सञ्चालित औद्योगिक तथा आवश्यकताअनुसार गार्हस्थ्य फिडरहरू बत्ती जाने प्राधिकरणले जनाएको हो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस