२०८२ कार्तिक २७, बिहिबार
नयाँ
पछिला अपडेट

संसद भवन अगाडि आफैंलाई आगो लगाएका आचार्यको मृत्यु

२०७९ माघ ११, बुधबार प्रकाशित ( साल अघि) ४२७ पाठक संख्या

संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो ।

इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो ।उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।

स्रोतका अनुसार आचार्यको शव श्रीमती आइपुगेपछि मात्रै अस्पतालबाट निकालिने छ ।

आचार्यले आत्मदाह गर्नु अघि सामाजिक सञ्जालमा लामो स्टेटस लेखेका थिए । विभिन्न उद्योग व्यवसायमा हात हालेपनि सफलता पाउन नसकेको उनले लेखेका थिए ।

विभिन्न व्यक्ति तथा फर्मले आफू जस्ता उद्योगी व्यवसायीमाथि ठगी गरेको र सरकारको नीतिका कारण समस्या परेको र ऋण तिर्न नसकेका कारण यो अवस्था आएको उनले उल्लेख गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस