२०८३ अषाढ २८, आईतबार
नयाँ
पछिला अपडेट

पोखरा जहाज दुर्घटनाः ज्यान गुमाएकाको परिवारलाई योगी सरकारले ८्८ लाख दिने

२०७९ माघ ४, बुधबार प्रकाशित ( साल अघि) ७५० पाठक संख्या

माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाएका उत्तर प्रदेशका ४ जनालाई त्यहाँको सरकारले ५ लाख भारू ९८ लाख० राहत दिने भएको छ।

उत्तर प्रदेशको गाजीपुर जिल्लाका अभिषेक कुशवाहा, विशाल शर्मा, अनिलकुमार राजभार र सोनु जैसवाल घुम्न नेपाल आएका बेला दुर्घटनामा परेर मृत्यु भएको हो।

समाचार एजेन्सी पिटिआईका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चारै जनाका परिवारलाई राहतस्वरूप उक्त रकम दिने घोषणा गरेका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस