२०८२ चैत्र २४, मंगलबार
नयाँ
पछिला अपडेट

घटना सेलाए पनि काम सेलाउन दिन्नौं,यातायात सुरक्षाबारे प्रभावकारी काम थाल्छौंः गृहमन्त्री

२०७९ माघ २, सोमबार प्रकाशित ( साल अघि) ६३० पाठक संख्या

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यातायात सुरक्षाबारे प्रभावकारी काम थाल्ने बताएका छन्। पोखरामा आइतबार भएको विमान दुर्घटनापछि सरकारले दिएको शोक बिदाको आलोचना भइरहेका बेला गृहमन्त्री लामिछानेले आजैदेखि प्रभावकारी काम सुरु हुने बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै मन्त्री लामिछानेले सार्वजनिक यातायातको सुरक्षाबारे छलफल चलिरहेको र अब आजैदेखि प्रभावकारी काम सुरु हुने बताए। यस्तै उनले घटना सेलाए पनि काम सेलाउन नदिने प्रतिबद्धता जनाएका छन्। उपप्रधान तथा गृहमन्त्रीको हैसियतले शोक बिदाको निर्णयप्रति आएका धारणालाई सम्मान गर्दै यस्ता सुझावहरुलाई मनन गरिने उनले बताएका छन्।

उनले भनेका छन्, ‘सार्वजनिक यातायात सुरक्षा बारे छलफल गरिरहेकै थियौं। तर, अब भोलिबाटै प्रभावकारी काम सुरु हुनेछ, घटना सेलाए पनि काम सेलाउन दिन्नौं। उपप्रधान तथा गृहमन्त्रीका हैसियतले, शोक बिदाको निर्णयप्रति आएका धारणाहरुप्रति सम्मान प्रकट गर्दै आगामी दिनमा यस्ता सुझावहरुलाई मनन गरिने जानकारी गराउँदछु।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस