पोखरा । काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको जहाज दुर्घटना भएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। जहाज दुर्घटना भएपछि आगो लागेको छ।
जहाजरमा ६५ जना यात्रु सवार रहेका थिए। घटनाको थप विवरण आउन बाँकी छ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।