२०८३ अषाढ २८, आईतबार
नयाँ
पछिला अपडेट

चितवनमा श्रीमान श्रीमती मृत फेला

२०७९ पौष २६, मंगलबार प्रकाशित ( साल अघि) १३४८ पाठक संख्या

चितवनमा श्रीमान(श्रीमती मृत फेला परेका छन्। मंगलबार बिहान भरतपुर महानगरपालिका(२९ लमजुङगे टोल भन्ने स्थानमा एक घरमा श्रीमान(श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले  जानकारी दिए।

मृत फेला पर्नेमा २२ वर्षीय प्रेम रानामगर र उनकी २१ वर्षीया श्रीमती शान्ति भनिने बुद्धिमाया रानामगर छन्। प्रहरीका  अनुसार शान्तिको शव बाहिर फेला परेको थियो । यस्तै, प्रेमको शव भने कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेकाले  यो घटना हत्यापछि आत्महत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।  मृतक शान्तिको टाउकोमा चोट रहेको छ। घटनाको थपअनुसन्धान भइरहेको बताईएको छ  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%३%३%

प्रतिक्रिया दिनुहोस