२०८२ जेष्ठ ६, मंगलबार
नयाँ
पछिला अपडेट

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण वडा समिति गठन

२०७९ पौष २५, सोमबार प्रकाशित ( साल अघि) ६०२ पाठक संख्या

काठमाडौं । मानव बेचविखन तथा ओसारपसार नियन्त्रणको लागि वडा समिति गठन भएको छ । काठमाण्डु महानगरपालिका वार्ड २५ का अध्यक्ष राजेश डङ्गोलको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको हो ।

उक्त समितिमा वडा अध्यक्ष संयोजक तथा सदस्यहरूमा क्रमशः वडा महिला सदस्य रूपा प्रजापति (श्रेष्ठ) , प्रहरी जवान पूर्णी थापा मगर , प्रभात माध्यमिक विद्यालयका प्रधान अध्यापक राजेश्वर मान श्रेष्ठ, लैगिंक हिंसा नियन्त्रण सञ्जाल कोषाध्यक्ष रसना ढकाल, वार्ड २५ कि महिला विकास समिति अध्यक्ष रीना राजभण्डारी र वार्ड २५ का वडा सचिव बाबुकृष्ण पाठक सदस्य सचिव रहेका छन ।

काठमाण्डु महानगरपालिकाले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण कार्यविधि २०७८ जारी गर्दै महानगरपालिकाका ३२ वडामा समिति गठन गर्ने गरी काम गरिरहेको र अब ५ वटा वडामा समिति गठन गर्न बाकि रहेको कामनपा सामाजिक विकास विभाग महिला बालबालिका शाखाकी अधिकृत भवानी कपालीले जानकारी दिनु भयो ।

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समितिले सचेतनामूलक कार्यक्रम गर्ने, आफ्नो वडा भित्र मानव बेचविखन तथा जोखिममा रहेका व्यक्तिहरूको उद्धार गर्ने, वडास्तरमा क्रियाशील संघसंस्था तथा  सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गर्ने, मानव बेचविखनबाट प्रभावितहरूको उद्दार, संरक्षण न्याय तथा पुनर्स्थापना कार्यमा सहयोग गर्ने, जोखिम क्षेत्रहरूको अनुगमन गर्ने लगायतका कामहरू गर्ने छ ।

वडा समिति गठनमा कार्यविधि २०७८ मा उल्लेख भए बमोजिम वडा अध्यक्ष संयोजकको रुपमा रहने , महिला सदस्य, स्थानीय प्रहरी प्रतिनिधि, वडा भित्रको सामुदायिक विद्यालयका प्रधानअध्यापक, मानव बेचविखन विरुद्धमा क्रियाशील संस्थाका प्रतिनिधि, महिला, बालबालिका तथा जेष्ठ नागरिक समुहबाट एक जना प्रतिनिधि र वडा सचिव सदस्य सचिवको रुपमा रहने व्यवस्था रहेको छ । भैपरी आएको अवस्था बाहेक समितिको बैठक प्रत्येक ३ महिनामा बस्ने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस