२०८३ अषाढ १०, बुधबार
नयाँ
पछिला अपडेट

बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १८ घाइते

२०७९ पौष २२, शुक्रबार प्रकाशित ( साल अघि) ८२१ पाठक संख्या

बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, खुर्सानेमा ग १ ख ४९७७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। १६ जना घाइते भएका छन्।

गएराति १० बजे रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गइरहेको उक्त बस गन्तव्य पुग्नै लाग्दा बुढीदमार भन्ने स्थानमा दुर्घटना भएको वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए। बस सडकबाट ५० मिटर तल भिरमा खसेको र रातको समय जंगल क्षेत्रमा दुर्घटना भएका उनले बताए।

मृत्यु हुनेमा सबै महिला छन्। मृत्यु हुनेमा वर्ष ५४ की खीमकुमारी राना, वर्ष ११ की सरुमाया घिमिरे, वर्ष ३३ निर्मला घिमिरे, वर्ष ४५ कि बुनु गाहा, वर्ष की दाम कुमारी र वर्ष १९ कि बिना पाण्डे रेहेका छन्।

घाइते सबैलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। ती मध्ये तीन जनाको अवस्था गम्भीर छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस