२०८२ श्रावण २३, शुक्रबार
नयाँ
पछिला अपडेट

रेलले किचेर १ जनाको मृत्यु

२०७९ पौष १३, बुधबार प्रकाशित ( साल अघि) ५७८ पाठक संख्या

जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको रेलले कुल्चिँदा एक जनाको मृत्यु भएको छ । बैदेही स्टेसनमा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लिएर लिकमा खसेका धनुषा नगराइन नगरपालिका( २ राघोपुरका ३४ वर्षीय पुरण सदाको दुर्घटनामा मृत्यु भएको हो ।

बुधबार बिहान ९ बजेर २० मिनेटमा वैदेही रेल स्टेसनबाट जनकपुरतर्फ आउन लागेको रेलले सदालाई कुल्चिएको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश सुवेदीले बताए ।

स्टेसनबाट रेल प्रस्थान गरिसकेको अवस्थामा दौडिएर रेल चढ्न खोज्दा सदा चिप्लिएर लिकमा लडेका थिए ।

लिकमा लडेका सदाको घाँटी काटिएको छ । सदाको शव पोस्टमार्टमका लागि जनकपुर ल्याउने तयारी भइरहेको छ भने रेल जनकपुर आएर पुनः जयनगरतर्फ फर्किसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस