२०८२ पौष ३०, बुधबार
नयाँ
पछिला अपडेट

अस्पतालको शौचालयमा शिशुलाई जन्म दिएर आमा फरार

२०७९ पौष १३, बुधबार प्रकाशित ( साल अघि) ६७७ पाठक संख्या

सर्लाहीको मलङ्गवाको प्रादेशिक अस्पतालमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ। सोमबार दिउँसो अस्पताल आएकी एक गर्भवती महिला छोरालाई जन्म दिएर फरार भएकी छन्। अस्पतालको शौचालयमा शिशुलाई जन्म दिएपछि आमा फरार भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवलकिशोर झाले जानाकारी दिए ।

नवजात शिशुलाई अस्पताल परिसरमा रहेको वन स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर ९ओसीएमसी० मा राखिएको छ। ​ नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा झाले बताए। अवैध सम्बन्धका कारण शिशुको जन्म भएको हुनसक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान र आमाको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजय यादवले बताए।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले अस्पतालका कर्मचारी, नर्स र ओसीएमसीका कर्मचारीले शिशुको हेरचाह गरिरहेको जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस