२०८२ जेष्ठ ६, मंगलबार
नयाँ
पछिला अपडेट

ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड

२०७९ पौष १०, आईतबार प्रकाशित ( साल अघि) ६३९ पाठक संख्या

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठक छाडेर उनी ओलीसँग कुराकानी गर्न बालकोट पुगेका हुन् ।

आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान कायमै राखेपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए ।

बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिँदैछ । त्यसअघि नेताहरू शक्ति बाँडफाँटका लागि सहमति जुटाउने अन्तिम प्रयासमा छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस