२०८३ अषाढ २८, आईतबार
नयाँ
पछिला अपडेट

विश्वकप उपाधिका लागि भिड्दै अर्जेन्टिना र फ्रान्स

२०७९ पौष ३, आईतबार प्रकाशित ( साल अघि) ५७२ पाठक संख्या

कतारको लुसैल रंगशालामा आज राति ८स्४५ बजे अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुन लागेको हो। विश्वकपको फाइनल खेल हुन लागेको यो रंगशालामा ८८ हजार ९६६ दर्शक अटाउँछन्।

सेमिफाइनलमा क्रोएशियालाई पराजित गर्दै अर्जेन्टिना र मोरोक्कोलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेका हुन्। अर्जेन्टिनाले क्रोएशियालाई ३(० गोल अन्तरले र फ्रान्सले मोरोक्कोलाई २(१ गोल अन्तरले पराजित गरेको थियो।

अर्जेन्टिना र फ्रान्स चौथो पटक विश्वकपमा भिड्न लागेका हुन्। यसअघि भएका तीन वटा प्रतिस्पर्धामा दुई वटा अर्जेन्टिनाले जितेको छ भने एउटा फ्रान्सले जितेको छ।

सन् २०१८ को विश्वकपको सेमिफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई ४(३ गोल अन्तरले पराजित गरेको थियो। त्यसअघि सन् १९७८ र सन् १९३० मा समूह चरणमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गरेको थियो।

गएराति भएको खेलमा मोरोक्कोलाई पराजित गर्दै क्रोएशियाले तेस्रो स्थान हासिल गरेको छ। क्रोएशियाले मोरोक्कोलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस