२०८२ कार्तिक १९, बुधबार
नयाँ
पछिला अपडेट

सामुहिक बलात्कार गरी फरार चार चौधरी प्रहरीको फन्दामा

२०७९ मंसिर १९, सोमबार प्रकाशित ( साल अघि) ६६९ पाठक संख्या

इटहरीकी १९ वर्षीया युवतीलाई सामुहिक बलात्कार गरी फरार चार युवालाई प्रहरीले पक्राउ गरेकोे छ ।

समातिनेमा इटहरी १० का २५ वर्षीय विकास चौधरी,२८ वर्षीय मुकेश चौधरी,२० वर्षीय धीरज चौधरी र ३१ वर्षीय सरोज चौधरी छन् ।

गत वैशाख २७ गते इटहरी १० को बूढीखोला किनारमा युवतीमाथि बलात्कार भएको थियो ।गाउँमा भएको विवाह समारोहमा सहभागी भई घर फर्कने क्रममा युवतीमाथि स्थानीय चार जना युवकले पालैपालो बलात्कार गरेकोे प्रहरीको आरोप छ । घटनापछि आरोपीहरु फरार थिए ।

कसैलाई खबर गरे परिवारलाई नै मारिदिने जस्ता अनेक धम्की दिँदै ती युवकले बलात्कार गरेको अनुसन्धानका क्रममा प्रहरीले पत्ता लगाएको बताइन्छ ।

परिवारलाई नै मारिदिने धम्की दिएकाले युवतीले घटनाबारे लामो समयसम्म कसैलाई भनेकी थिइनन् ।

उनले मंसिर १७ गते भने प्रहरीमा उजुरी दिएको इलाका प्रहरी कार्यालय इटहरीका निरीक्षक तथा सूचना अधिकृत भीमबहादुर खड्काले बताउनु भयो ।
उहाँकाअनुसार उजुरी परेपछि बल्ल ती युवकहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।जनआस्था

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस