२०८२ अषाढ ३१, मंगलबार
नयाँ
पछिला अपडेट

आज स्वर सम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस

२०७९ मंसिर १९, सोमबार प्रकाशित ( साल अघि) ५१३ पाठक संख्या

आज स्वर सम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस । वि सं २०४७ साल मंसिर १९ गते निधन भएका नेपाली आधुनिक गीत संगीतको दुनियाँमा अद्भूत छाप छाड्न सफल नारायण गोपालको ३२ औं स्मृति दिवस विविध कार्यक्रम गरि मनाईँदै छ ।

वि सं १९९६ सालको असोज १८ गते काठमाडौंको किलागलमा जन्मिनु भएका नारायण गोपालको ५१ वर्षकै उमेरमा निधन भएको थियो ।
नारायण गोपालले नेपाली आधुनिक संगीतको सिर्जनशील–युगको एकक्षत्र नेतृत्व गरेका थिए । साथै सुगम–संगीतको पाठशाला निर्माणमा पनि उनकै देन रहेको छ । आफ्नो जीवनकालमा सयौं गीत गाएका नारायण गोपालका सबै गीत उत्तिकै कर्णप्रिय र कालजयी छन् ।

स्मृति दिवसको अवसरमा नेपाल संगीत प्रज्ञा प्रतिष्ठान तथा नारायण गोपाल संगीत विद्यालयलगायत संघ संस्थाले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दैछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस