२०८२ जेष्ठ ५, सोमबार
नयाँ
पछिला अपडेट

पश्चिम नवलपरासीमा ७२ प्रतिशत मत खस्यो,आजै गणना गरिने

२०७९ मंसिर ४, आईतबार प्रकाशित ( साल अघि) ७१७ पाठक संख्या

परासी — पश्चिम नवलपरासीमा ७२ प्रतिशत मतदान भएको छ । जिल्लाका २ सय ८७ वटा मतदान केन्द्रमा भएको चुनावमा ७२ प्रतिशत मत खसेको हो ।

अहिले मतपेटिका संकलनको काम भइरहेको र आइतबार रातिबाटै मतगणना गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताए ।

जिल्लामा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ को बर्दघाट नगरपालिकाको सभाहल र क्षेत्र नम्बर २ को रामग्राम नगरपालिकाको भवनमा मतगणना हुनेछ ।

त्यसका लागि तारजाली र सीसीटिभीसहितको गणनास्थल तयारी अवस्थामा राखिएको छ । जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए । जिल्लामा २ लाख ४० हजार मतदाता थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस