कावासोती । नवलपुरको कावासोती नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । कावासोती नगरपालिका १३ स्थित माछा पोखरीमा डुबेको अवस्थामा पुरुषको शव भेटिएको नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
कावासोती निवासी ७१ वर्षीय दीर्घ नारायण थनेतको शव शनिबार बिहान फेला परेको प्रहरी नायव उपरीक्षक पाठकले बताए । शुक्रबार दिउँसो घरबाट निस्केका थनेतको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको हो ।
स्थानीयले पोखरी छेउमा चप्पल देखेपछी खोजी गर्दा पोखरीमा शव फेला परेको प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए । शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।