२०८२ श्रावण २४, शनिबार
नयाँ
पछिला अपडेट

चुनावको तयारी अन्तिम चरणमा स् स्थिर समयमा प्रचार गरेको पाइए कारबाही गर्ने आयोगको चेतावनी

२०७९ कार्तिक २९, मंगलबार प्रकाशित ( साल अघि) ६४६ पाठक संख्या

निर्वाचन आयोगले चुनावका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यसपटक देशैभर एकै चरणमा मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव हुँदैछ । चुनाव आउन अब ५ दिन मात्रै बाँकी छ । दल तथा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् ।

निर्वाचन आयोगले मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि चुनावी प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ । निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले चुनाव हुनुभन्दा ४८ घण्टा अघिदेखि प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख भएअनुसार आयोगले दल, उम्मेदवार र कार्यकर्ताहरुलाई पुनः सचेत गराएको हो ।

निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अघिको ४८ घण्टामा चुनावी प्रचारप्रसार सम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने बताउनुभयो । उहाँका अनुसार विगतमा मौन अवधिका रुपमा मानिएको समयलाई यसपालि स्थिर समयको रुपमा प्रयोग गरिनेछ ।

त्यसअनुसार पर्सि मंसिर १ गते राति १२ बजेदेखि चुनावी प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरु निषेध गरिएको छ । उहाँले कुनै पनि प्रकारको प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनी दिनुभयो ।उज्यालो अनलाइन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस