२०८२ चैत्र २५, बुधबार
नयाँ
पछिला अपडेट

सिरहाको मिर्चैयामा पोखरीमा डुबेर ३ भारतीय बालकको मृत्यु

२०७९ कार्तिक २८, सोमबार प्रकाशित ( साल अघि) ७९५ पाठक संख्या

सिरहाको मिर्चैयास्थित पोखरीमा डुबेर तीन भारतीय बालकको आइतबार साँझ मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार मिर्चैया नगरपालिका–१ स्थित जेके इट्टा उद्योगमा कार्यरत भारत विहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षीय अली हसन, १० वर्षीय नवी हसन र जोगवनी निरगंजका नन्दलाल दासका १० वर्षीय छोरा नितेशको आइतबार साँझ पोखरीमा डुबेर मृत्यु भएको हो।

इट्टा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका अवस्थामा छोराहरूलाई देखेपछि खुर्सिदले तीनै जनालाई तत्काल निकाले पनि अली र नवीको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

अर्का बालक नितेशको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मिर्चैयाका प्रहरी प्रमुख डीएसपी हरि बहादुर वलीले जानकारी दिए।थाहा खबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस