२०८३ अषाढ २९, सोमबार
नयाँ
पछिला अपडेट

ओखलढुंगामा बाबुले गरे दुई वर्षीया छोरीको हत्या

२०७९ कार्तिक २२, मंगलबार प्रकाशित ( साल अघि) ८९५ पाठक संख्या

ओखलढुंगा : सिद्धिचरण नगरपालिका–३ अधेरीमा दुई वर्षीया बालिकाको हत्या भएको छ। बुबा ३७ वर्षीय राजेन्द्र राईले सोमबार राती घाँटी थिचेर छोरी रितिका राईको हत्या गरेका हुन्।

राति मदिरा सेवन गरी घर आएका राईले वादविवादपछि श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमतीलाई समेत घाइते बनाएका थिए। यसक्रममा उनले नाबालिका छोरीलाई पनि खुकुरी प्रहार गरेका हुन्।

राईले आफैँलाई समेत काटेर टाउकोमा घाउ बनाएको जिल्ला प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए। घाइते दुवैको सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको छ।

मृतक बालिकाको शव पोष्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ। थाहा खबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस