२०८३ बैशाख २३, बुधबार
नयाँ
पछिला अपडेट

विप्लवका केन्द्रीय सदस्य वली  नवलपुरबाट पक्राउ 

२०७९ कार्तिक १८, शुक्रबार प्रकाशित ( साल अघि) ७४५ पाठक संख्या

कावासोती । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य शरद वली पूर्वी नवलपरासीबाट पक्राउ परेका छन्।

मंसिर ४ गते हुने निर्वाचन बहिस्कारको आह्वान गर्दै हिँडेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो। मध्यविन्दु नगरपालिकाको वसन्तपुरबाट बिहीबार उनी पक्राउ परेको प्रहरीले जनाएको छ।

वलीसँगै नेकपाका जिल्ला सचिव गंगा ज्ञवाली, जिल्ला सदस्य अर्जुन ठगुन्ना पनि पक्राउ परेका छन्।

सामना जागरण अभियानअन्तर्गत सांस्कृतिक कार्यक्रम तथा निर्वाचन बहिस्कार कार्यक्रम लिएर हिँडेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कावासोतीले जनाएको छ।

यता नेकपाले भने तत्काल वलीलाई रिहा गर्न माग गरेको छ। लोकतन्त्रमा चुनाव वहिस्कार गर्ने अधिकार भएको भन्दै कसैको आवाज कुण्ठित गर्न नहुने नेकपाको भनाइ छ। वली नेकपा नवलपरासी जिल्ला अध्यक्षसमेत हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस