२०८२ जेष्ठ १, बुधबार
नयाँ
पछिला अपडेट

स्थिरताका लागि बहुमत दिनुस्, हामी विकास दिन्छौँः शशांक कोइराला

२०७९ कार्तिक १५, मंगलबार प्रकाशित ( साल अघि) ६६३ पाठक संख्या

कावासोती – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा। शशांक कोइरालाले राजनैतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरुले बहुमत पाए स्थिरतासहित विकास दिने बताएका छन्।

नवलपुरको दलदलेमा पाँच दलीय गठबन्धनको अगुवा कार्यकर्ता प्रशिक्षणलाई आज सम्बोधन गर्दै नेता कोइरालाले बहुमत प्राप्त भएमा स्थिरतासँगसँगै विकास दिने वाचा गरे।

उनले भने, ‘संविधानको रक्षा, स्थिरता र विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प छैन ।’

आफू चौथो पटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडि बढेको उल्लेख गर्दै नेता कोइरालाले यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काम खर्चिएको बताए।

‘जिल्लामा स–साना काम भएकै छन् । अबको कार्यकाल विकासका लागि हो,’ उनले भने।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस