२०८२ जेष्ठ ४, आईतबार
नयाँ
पछिला अपडेट

चितवनमा निर्वाचन सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी खटाइने

२०७९ कार्तिक १५, मंगलबार प्रकाशित ( साल अघि) ७८० पाठक संख्या

चितवन । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षाको लागि चितवनमा चार हजार सुरक्षाकर्मी खटाइँदै छ ।

निर्वाचनमा १९ सय ९१ जना म्यादी प्रहरी, ११ सय ४२ जना जनपथ प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

निर्वाचनलाई भनेर भर्ना गरिएका म्यादी प्रहरीलाई मुख्य सडकका मुख्य चोकहरुमा खटाउन थालिएको छ । निर्वाचनका बेला मतदान स्थल र मतदान केन्द्रको भित्री घेरामा म्यादी प्रहरी र जनपथ हुनेछन् भने, त्यसबाहिरको सुरक्षा शशस्त्र प्रहरीले र त्यसभन्दा पनि बाहिर नेपाली सेनाको सुरक्षा रहनेछ ।

पर्याप्तमात्रामा सादा पोशाकका प्रहरी पनि खटिने प्रहरी प्रमुख अधिकारीले बताए ।

उनका अनुसार सम्वेदनशील ठाउँहरुमा सशस्त्र प्रहरी बल तयारी अवस्थामा रहनेछ भने अन्यत्र भने सेना र सशस्त्र प्रहरी बलको टोलीले बाहिरबाट बेलाबेलामा अवस्था हेरेर सुरक्षा अवस्थाको जानकारी लिनेछ ।

चितवनका तीन वटा निर्वाचन क्षेत्रमा गरेर १६२ वटा मतदानस्थल र ४६० वटा मतदानस्थल रहनेछन् ।

२०७४ को निर्वाचनमा १६६ मतदानस्थल र ४०८ मतदान केन्द्र तोकिएका थिए । यसपटक अघिल्लो चुनावमा भन्दा मतदान केन्द्र थपिएका छन् भने मतदानस्थल घटेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस