२०८२ अषाढ १७, मंगलबार
नयाँ
पछिला अपडेट

देउसी खेल्न जाँदा भीरबाट खसेर एक जनाको मृत्यु

२०७९ कार्तिक १०, बिहिबार प्रकाशित ( साल अघि) ४११ पाठक संख्या

मकवानपुरका छुट्टाछुट्टै स्थानमा लडेर २  जनाको मृत्यु भएको छ ।

हेटौंडा १२ कल्याणटारका ५७ वर्षीय कृष्ण बम्जनको आज बिहीवार बिहान साढे ९ बजे हिंड्दै गर्दा हल्का पानी रहेको खोल्सामा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी भीमफेदी १ बाघचौरका ४१ वर्षीय सुकमान गोलेको बुधवार राति देउसी खेल्ने क्रममा एक घरबाट अर्को घरमा जाँदा भीरबाट लडेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार लडेर गम्भीर घाइते भएका गोलेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस