२०८२ जेष्ठ ४, आईतबार
नयाँ
पछिला अपडेट

नवौं राष्ट्रिय खेलकुदः भोलिदेखि म्याग्दीमा सुरु हुने महिला भलिबल प्रतियोगिता  

२०७९ आश्विन २६, बुधबार प्रकाशित ( साल अघि) ७९७ पाठक संख्या

असोज । भोलि देखि सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा हुने महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

प्रतियोगिताको औपचारिक उद्घाटन यही असोज २७ गतेदेखि कात्तिक २ गतेसम्म खेल सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताअन्तर्गत महिला भलिबल भोलि बिहिवार देखि म्याग्दीको सदरमुकाम बेनीमा खेल मैदानमा सञ्चालन हुँदैछ।

Received_517030249824978

महिला भलिबलको उद्घाटन खेलमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीचमा हुने नेपाल भलिबल संघको अध्यक्ष जितेन्द्र चनले बताउनु भयो । यसैगरी शुक्रबारको दोस्रो खेल सशस्त्र प्रहरीको एपीएफ र कर्णाली प्रदेशबीचमा हुँदैछ। अध्यक्ष जितेन्द्र , सचीव श्रीधर शर्मा सहितको टोली आज म्याग्दी पुगेका थिए ।

Received_620135376420786

महिला भलिबलमा सात प्रदेश सहित नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका , खेलाडीहरू बेनीमा आइसकेको केन्द्रीय भलिबल सङ्घका सचिब श्रीधर शर्माले फोन मार्फत जानकारी दिनुभयो। महिला भलिवल अन्तरगत बेनीमा आएका खेलाडीहरु अभ्यासमा ब्यस्त छन्  उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस