नवलपुर ।
सुनचाँदीको मूल्य घटेको छ । सुनको भाउ निरन्तर दोस्रो दिन घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ ।यसैगरी, तेजाबी सुनको भाउ पनि ओरालो लागेर ९३ हजार ५०० रुपैयाँमा खरिद बिक्री हुँदै छ।
सुनको भाउ अघिल्लो कारोबार दिन पनि घटेको थियो । सामेबार सुन तोलामा ८०० रुपैयाँले गिरावट हुँदा प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसरी पछिल्लो दुई दिनमा नै सुन प्रतितोला दुई हजारले सस्तिएको छ ।