नवलपुर ।
देशभर पानी पार्ने मौसमी प्रणाली कमजोर बनेको छ । मङ्गलबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा बदली भएर केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको र बेलुकीदेखि मौसम सफा हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वी नेपाल र काठमाडौं उपत्यकामा भने अझै २ दिन मौसम बदली भएर सामान्य पानी पर्ने सम्भावना छ । बङ्गालको खाडीमा विकास भएको न्यून चापीय क्षेत्र सर्दै भारतको हरियाणा आसपासमा रहेको र त्यसको प्रभावले नेपालमा बदली भएको मौसमविद्ले बताएका छन् ।
यसैबीच मौसमविद्ले २७ गतेपछि मौसम सफा रहने बताएका छन् । मङ्गलबारदेखि नै मौसममा सुधार भएपनि २७ गतेपछि पछिल्लो हप्ताको जस्तै भारी र लगातार वर्षा नहुने,कतै कतै सामान्य वर्षा हुन सक्ने अनुमान गरेका छन् ।