२०८२ जेष्ठ ४, आईतबार
नयाँ
पछिला अपडेट

बारा बस दुर्घटना: १४ जनाको मृत्यु

२०७९ आश्विन २०, बिहिबार प्रकाशित ( साल अघि) ५५४ पाठक संख्या

काठमाडौं । बाराको अमलेखगञ्जमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होविन्द्र बोगटीले आठ जनाको घटनास्थलमै र अन्य ६ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । मृतकमध्ये नौजना पुरुष र पाँचजना महिला छन् ।

घाइतेहरुको अहिले हेटौंडामा उपचार गरिएको छ । अस्पतालमा रहेका एक प्रहरी अधिकारीले दिएको जानकारीअनुसार घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक देखिन्छ ।

नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस बारा जितपुर सीमरा उपमहानगर पालिका–२२ तीन नम्बर पुल भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

मोडमा बस अनियन्त्रित भएर सडकबाट २० मिटर तल खोलामा खसेको हो । बस पूर्ण रुपमा क्षतिग्रस्त भएको एसपी बोगटीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस