२०८२ कार्तिक १५, शनिबार
नयाँ
पछिला अपडेट

असाेज १ गतेदेखि दाेश्राे मध्यविन्दु नकआउट फुटबल प्रतियोगिता

२०७९ भाद्र २९, बुधबार प्रकाशित ( साल अघि) ८९० पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकामा ७ मा दोस्रो मध्यविन्दु नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

असाेज १ गतेदेखि दोस्रो मध्यविन्दु नकआउट फुटबल प्रतियोगिता गर्न लागिएको चोरमारा युवा क्लबका अध्यक्ष सुरेश कुमालले जानकारी दिनुभएको छ ।

प्रतियोगिताको उद्वघाटन गण्डकी प्रदेशका माननिय खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङ्गे)ले गर्ने कार्यक्रम रहेको आयाेजकले जनाएको छ।
असाेज १७ गते सम्म संचालन हुने प्रतियोगितामा नवलपुर ,चितवन ,रुपन्देही सहितका जिल्लाका १६ वटा टिमकाे सहभागीता रहने खेल संयाेजक भिम हमालले बताउनुभयो ।

आयाेजक चाेरमारा युवा क्लबले आज चाेरमारामा पत्रकार सम्मेलन गरि प्रतियोगिताकाे बारेमा जानकारी दिएको हाे । प्रतियोगितामा विजेता टिमले २ लाख २२ हजार २२२ र उपविजेता टिमले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष सुरेस कुमाल बताउनुभयो । खेल चाेरमारा स्थित नवजागरण नमुना मावि चाेरमारा रङ्गशालामा हुने आयाेजकले जनाएको छ । उद्वघाट खेल बाहेकका खेल अवलाेकनका लागि २० रुपैयाँ टिकट राखिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%१%

प्रतिक्रिया दिनुहोस