२०८३ अषाढ २८, आईतबार
नयाँ
पछिला अपडेट

नारायणगढ-मुग्लिन सडक खुल्यो

२०७९ भाद्र १६, बिहिबार प्रकाशित ( साल अघि) ५८७ पाठक संख्या

चितवन । आज बिहान ६ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड करिब ९ घण्टापछि सञ्चालनमा आएको छ।

भरतपुर महानगरपालिका–२९ केराबारीस्थित नारायणगढ–मुग्लिन सडक खण्डमा माथिबाट लेदो सहितको पहिरो झर्दा सडक अवरूद्व भएको थियो।

सडक विभागसँग समन्वयगरी पहिरो पन्छाएर बाटो खुलाइएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस