२०८३ भाद्र १८, बिहिबार
नयाँ
पछिला अपडेट

उत्कृष्ट उद्योगको छनौटमा नवलपुरको सिजी ब्रुअरी नेपाल

२०७९ भाद्र १०, शुक्रबार प्रकाशित ( साल अघि) ११४३ पाठक संख्या

बिबेक भण्डारी । सि.जी ब्रुअरी(नेपाल) गण्डकी प्रदेशका उत्कृष्ट उद्योगको छनौटमा परेको छ ।

गण्डकी प्रदेशको उत्कृष्ट उद्योगमा नवलपरासी वर्दघाट सूस्ता पूर्वको देवचुली नगरपालिका वडा नम्बर २ दुम्कौलीमा संचालनमा रहेको सिजी ब्रुअरी नेपाल उद्योगलाई श्रम तथा रोजगार कार्यलय पोखराद्धारा गरिएको अनुगमन तथा निरीक्षणका क्रममा यस उद्योगले श्रम ऐन,२०७४तथा श्रम नियमावली ,२०७५ को पालना तथा कार्यान्वयनमा उत्कृष्ट स्थानमा छनौट भएको भन्दै श्रम तथा रोजगार कार्यलयका वरिष्ठ श्रम अधिकृत सुरेश ढकाल,श्रम अधिकृत लक्ष्मण बराल , कारखाना निरिक्षक विवेक यादव, ना.सु गुरु प्रसाद पोख्रेलको उपस्थीतिमा उद्योगलाई प्रशंसा पत्र प्रदान गरेको हो ।

श्रम कार्यलयले गरेको अनुगमनमा कर्मचारी तथा श्रमीकहरु श्रम एनको परिधिमा रहेर सबै नियम पालना गरेकोमा प्रशंसा गरेको हो ।

उक्त सिजी ब्रुअरीमा मात्र हाल प्रत्यक्ष ३ सय ६० जनाले रोजगार गरि रहेका छन । सिजी ब्रुअरी नेपालले नेपाल आइस, न्याचुरा र मुस्ताङ लगायतका बियर उत्पादन गर्दे आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस