२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

चितवनमा बाघले खायो तीन गोही, बाघले गोही खाएको पहिलो घटना

२०७९ श्रावण ३०, सोमबार प्रकाशित ( साल अघि) ५४२ पाठक संख्या

चितवन

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ। बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो। दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको केही होचो पर्खाल नाघेर प्रजनन केन्द्र छिरेको हो। यहाँ रहेका अन्दाजी १२ वर्षका माउ गोही खाएको उनले जानकारी दिए।

बिहानको समयमा बाघले गोही खाएको हो । गोही खाने बाघ अन्दाजी १२ वर्षको भाले हो। सूचना अधिकारी तिवारीले भने,’बाघले गोही खाएको मैले सुनेको पहिलो घटना हो।’ गोही खाएपछि बाघलाई ‘डाट’ गरेर नियन्त्रणमा लिइ बाँके पठाइएको छ। सो दिन पानी परेकाले ढिलो गरी कर्मचारी प्रजनन केन्द्र गएकाले बाघको आक्रमणबाट बचेका थिए।

बाघले आक्रमण गरी घाइते गोहीलाई बाघ भएको स्थान नजिक लगेर राखी खान आएको समयमा बाघलाई नियन्त्रणमा लिइएको हो। यसअघि बाँकेबाट एउटा बाघ यहाँ ल्याइएको थियो। यहाँ खोर खाली नभएपछि बाँके पठाइएको हो। हाल सौराहामा दुई र कसरामा दुई बाघ खोरमा छन्। रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस