२०८३ अषाढ २८, आईतबार
नयाँ
पछिला अपडेट

वरिष्ठ छायाँकार पाण्डेको हृदयघातका कारण निधन

२०७९ श्रावण २५, बुधबार प्रकाशित ( साल अघि) ७७१ पाठक संख्या

काठमाडौं– वरिष्ठ छायाँकार विदुर पाण्डेको निधन भएको छ। बुधबार बिहान हृदयघातका कारण पाण्डेको निधन भएको हो। पाण्डे लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय थिए।

करिब १५ सयभन्दा धेरै म्युजिक भिडियो तथा थुप्रै फिल्म एवं डकुमेन्ट्रीहरु खिचेका पाण्डेले ‘कागबेनी’ फिल्ममा गरेको कामपछि चर्चा चुलिएको थियो। त्यस्तै, पाण्डेले स्वर, भूँईमान्छे, हाम्रो टिमलगायतका फिल्ममा पनि काम गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस