२०८२ अषाढ १७, मंगलबार
नयाँ
पछिला अपडेट

केराबारीमा फेरि पहिरो, नारायणगढ-मुग्लिन सडक अवरुद्ध

२०७९ श्रावण २०, शुक्रबार प्रकाशित ( साल अघि) ८१० पाठक संख्या

काठमाडौं । आज बिहानै फेरि पहिरो गएपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ केराबारीमा आज बिहान २ बजे फेरि पहिरो गएको छ। पहिरो गएसँगै सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

एक सातामा पाँच पटक सडक अवरुद्ध भइसकेको छ। बुधबार राति गएको पहिरो बिहीबार दिउँसो पन्छाइएको थियो। पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएसँगै फेरि पहिरो गएको छ।

दुई वटा डोजर प्रयोग गरेर पहिरो पन्छाउन थालिएको प्रहरीले जनाएको छ। पहिरो खसिरहेकाले पन्छाएर सडक सञ्चालन गर्न समय लाग्ने भएको छ।

पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधनको लामो ताँती लागेको छ। काठमाडौं भित्रिने र बाहिरिने यात्रु बाटोमै अलपत्र परेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस