२०८३ बैशाख २५, शुक्रबार
नयाँ
पछिला अपडेट

नेपाली कांग्रेस विनयी त्रिवेणी गाउँपालिकाको चुनाव प्रचारप्रसार तीब्र  

२०७९ बैशाख २२, बिहिबार प्रकाशित ( साल अघि) २५४२ पाठक संख्या

कावासोती ।  विनयी त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसले घरदैलो अभियानलाई जारी राख्दै चुनावी प्रचार–प्रसार अभियानलाई आक्रामक रुपमा अगाडि बढाएको छ ।

आक्रामक रुपमा चुनावी प्रचार –प्रसार अगाडि बढाएको कांग्रेसले गाउँपालिकाका ७ वटै वडाका विभिन्न स्थानमा कोण सभा र घरदैलो अभियानलाई तीब्र पारेको उमेरद्वारका अध्यक्ष डम्मर बहादुर जिसिले बताए ।

Received_695352488378153

यसै क्रममा बिहिवार गाउँपालिकाको ३ का वडा अध्यक्षका उम्मेदवार अमिर जिसि सहितको टोलीले टाडि  चिसापानी हुदै सुनई चुनावी प्रचार –प्रसार अभियान कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष पदका उमेदवार सहितको टोली १ दर्जन सवारी साधन र ५० वटा जति मोटर साइकल सहित घरदैलो अभियानमा गाउँमा पुग्दा गाउँको माहोल नैँ काङ्ग्रेस मय बनेको थियो ।

कार्यक्रम सभामा बोल्दै अध्यक्ष पदका उमेदवार डम्मर बहादुर जिसिलेले आफूले विगतमा पनि पालिकाका जनताको हितमा काम गरेको र आगामी दिनमा समेत काम गर्ने प्रतिबद्धता जाहेर गरे । त्यस्तै उपाध्यक्ष पदका उम्मेदवार कला भुजेलले आँफु उपाध्यक्ष पदमा निर्वाचित भएमा आँफुले पाउने पारिश्रमिक दिनदुखिको लागि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरिन ।

Screenshot_20220505 224730_Messenger

अबको निर्वाचनमा विनयी  त्रिवेणी गाउँपालिका अध्यक्षमा डम्मर बहादुर जिसि जस्तो नेताको आवश्यकता रहेकोले आफ्नो साथ र सहयोग रहने स्थानीयले बताएका छ्न ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%१%१%१%

प्रतिक्रिया दिनुहोस