२०८२ अषाढ २४, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बाँसको झ्याङमा १ वृद्ध पुरुषको शव भेटियो

२०७९ बैशाख १०, शनिबार प्रकाशित ( साल अघि) १०२८ पाठक संख्या

कावासोती – नवलपुरको बौदिकाली गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ । बौंदीकाली गाउँपालिका वडा नं. २ को डेढगाउँको केरमटारमा एक वृद्ध पुरुषको शव फेला परेको स्थानीय उज्जवल ओझाले बताए ।

स्थानीयले केरमटारस्थित एक बाँसको झ्याङमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शुक्रबार बिहान शव देखिएको खबरपछि पुगेको प्रहरीले अनुसन्धान सुरु गरेको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस